Section 19
विशेषज्ञ सेवा प्रदान गर्न वा लिन सक्ने
(१) आयोगले मानव अधिकार सम्बन्धी कुनै
विषयमा कुनै निकायको अनुरोधमा तोकिए बमोजिम विशिष्टीकृत वा विशेषज्ञ सेवा प्रदान
गर्न सक्नेछ ।
(२) आयोगले आफ्नो काम कारबाहीको सिलसिलामा तोकिए बमोजिम कुनै
विशिष्टीकृत निकाय वा विशेषज्ञको सेवा लिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको विशिष्टीकृत वा विशेषज्ञ सेवा प्रदान गर्ने निकाय वा
विशेषज्ञको काम, कर्तव्य र अधिकार तथा त्यस्तो निकाय वा विशेषज्ञले पाउने सुविधा
आयोगले तोके बमोजिम हुनेछ ।